Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन आज कति छ सुनचाँदीको भाउ?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहँदै तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार पनि सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ।