Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सप्तकोशीमा बेपत्ता एक गोताखोरको शव भेटियो, अर्काको खोजी जारी

विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।