Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । सोही आरोपमा कार्यालयको टोलीले बिहीबार (जेठ २२) रौनियारलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

कार्यालयका एसपी काजीकुमार आचार्यले रौनियारलाई पक्राउ गरेर पर्सा पठाइएको जानकारी दिए । उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी हुन् ।