Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एनसेलले ‘लिग अफ क्रिएटर्स’ आयोजना गर्दै

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियान सुरु गरेको छ। यसमार्फत देशभर फैलिएर रहेका प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तिकरणमा सघाउने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ।

यस प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर बन्न चाहनेलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लाटफर्म प्रदान गर्छ। सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउने र पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

सहभागी प्रतियोगिहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तण्डुकार जस्ता चर्चित क्रिएटरहरूले मेन्टरिङ गर्नेछन्। ‘यस अभियानमार्फत नयाँ पुस्ताका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउन हामी प्लाटफर्म दिन चाहन्छौँ,’ एनसेलको मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंह भन्छिन्, ‘हामी नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएकाले, प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्ध छौँ।’

प्रतियोगिताका लागि जेठ १८ बाट दर्ता खुला गरिएको छ। यसमा १६ वर्षमाथिका नेपाली डिजिटल कन्टेन्ट क्रिएटरहरूले सहभागिता जनाउन सक्ने एनसेलले जनाएको छ। ‘सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेण्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई ट्याग गर्दै आफ्नो मेन्टरलाई ह्यासट्याग गरिएको हुनुपर्छ।’ भिडियो पोष्ट गर्ने अन्तिम म्याद जेठ २७ रहेको छ।