शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालले नेदरल्याण्डसलाई ५ विकेटले हरायो

नेपालले नेदरल्याण्डसलाई ५ विकेटले हरायो

आरिफ सेखले बनाए ७८ रन, सोमपाललाई ३ विकेट

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • नेपालले नेदरल्याण्डसलाई ५ विकेटले  हरायो

    नेपालले नेदरल्याण्डसलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य पछाएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    नेपालको जितमा आरिफ सेखले सर्बाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले १९, गुलशन झा र भिम सार्कीले ११-११ रन बनाएका थिए ।

    टसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुदै २२५ रन बनाएको थियो । नेदरल्याण्डसका लागि नोह क्रोएसले सर्बाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिएका थिए    ले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । यो नेपालको यस सिरिजमा लगातार दोस्रो जित हो । नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो ।

    यो जितपछि नेपालको विश्वकप लिग-२ मा १४ खेलमा १० अंक भएको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको २१ खेलमा २६ अंक रहेको छ र दोस्रो स्थानमा कायम छ ।

    अब सिरिज अन्तर्गत अर्को खेल शुक्रबार नेदरल्याण्डस र स्कटल्याण्ड खेल्ने छन् भने नेपालले आइतबार स्कटल्याण्डको सामना गर्ने छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार