Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ ।

चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन् । प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ ।

तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

चोरीको घटना भएको स्वीकार गर्दै उनले चोरहरुको खोजी कार्य भैरहेको बताए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।