Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुनसरीबाट ११२० केजी गाँजा बरामद

सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट जेठ २० गते करिब ११२० केजी गाँजा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाईछिपाई राखेको अवस्थामा फेला पारको जनाएको छ ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।