शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पर्साबाट स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

पर्साबाट स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • पर्साबाट स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

    वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन् । 

    प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार