Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

गत अप्रिलमा क्रिकेट साउथ अफ्रिकाको केन्द्रीय सम्झौतामा उनलाई समावेश नगरेपछि नै क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने अनुमान गरिएको छ । क्लासेन त्यतिबेलासम्म ह्वाइट  बलको मात्र सम्झौतामा थिए, जबकी उनले जनवरी २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

क्लासेनले सन्यासको घोषणा गर्दै भनेका छन्- 'यो मेरो लागि दुखद दिन हो किनकि म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । भविष्यको लागि मेरो र मेरो परिवारको लागि के उत्तम छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो । यो साँच्चै धेरै गाह्रो निर्णय थियो तर मलाई पूर्ण शान्ति पनि छ ।'

क्लासेन टी-२० फ्रान्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने भएका छन्  । टी-२० क्रिकेटमा विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका क्लासेनको विश्वभरका लिगमा ठुलो माग समेत रहेको छ ।  क्लासेन आइपिएलदेखि मेजर लिग क्रिकेट र द हन्ड्रेड जस्ता प्रतियोगिता खेलिरहेका छन् ।