शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्कटल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

स्कटल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • स्कटल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

    नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ ।  यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।

    नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन । स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आजदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।

    अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ ।हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

    नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन ।अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार