Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रहरीले भन्यो - राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु

नेपाल प्रहरीले विभिन्न राइड शेयरिङ एपले यात्रुहरुलाई बढी भाडा लिएको गुनासो आएको हुनाले १०३ मा फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।

प्रहरीले विभिन्न राइड शेयर गर्दा यात्रुहरुसँग बढी भाडा लिएको र अफलाइन भाडा बार्गेनिंग गरेको गुनासो आएको भन्दै राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिनआग्रह गरेको छ ।

आज यातायात व्यवसायीहरुले यातायात बन्द गरेपछि राइडरहरुले अफलाइनमा बढी भाडा लिइरहेको पाइएको छ ।