Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आइपिएलको दोस्रो क्वालिफायर खेल बर्षाले प्रभावित, टस जितेर पहिला बलिङ गर्ने पञ्जावको निर्णय

आइपिएलको दोस्रो क्वालिफायर खेल बर्षाले प्रभावित बनेको छ ।  

मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच हुने यस खेलमा पञ्जावले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । अहमदावादमा हुने यो खेल अहिले बर्षा रोकिएकोले केहि बेरमा शुरु हुने भएको छ । खेल नेपाली समय अनुसार ८: ४० बजेदेखि शुरु हुने आइपिएलले जनाएको छ ।

दोस्रो क्वालिफायरको यस खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।