शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

जेठ १८, २०८२ आइतवार
जेठ १८, २०८२ आइतवार
  • यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

    गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ ।

    Photo (9) (7).jpg

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो । 

    Photo (6) (7).jpg

    ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकोमा उनीहरू वार्तामा आएका थिएनन् ।

    Photo (13) (4).jpg

    यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ ।

    Photo (1) (12).jpg

    यता, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सहुलियतमा, सहज सेवा दिन, थप रोजगारीको वातावरण सिर्जना गर्न र यातायातको सिण्डिकेट तोड्न केही नयाँ गर्न खोज्दा उल्टै यातायात बन्द गरेर नागरिकलाई दुःख दिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

    Photo (4) (11).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट