शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भन्छन्- सत्यको विजय

राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भन्छन्- सत्यको विजय

जेठ १८, २०८२ आइतवार
जेठ १८, २०८२ आइतवार
  • राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भन्छन्- सत्यको विजय

    रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।

    २२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए । 

    Photo (4) (8).jpg

    यमुनामाई गाउँपालिका–४ सरुअठाका सिंहले न्यायका लागी आफू सास रहुन्जेल लडिरहने बताए । तर पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछी सत्यको विजय भएको बताए । यसअघि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए । ०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए । 

    Photo (2) (9).jpg

    उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएका थिए । 

    Shree Narayan Sigha  1.jpg

    अहिले पूर्वसांसद आलमको भने मस्तिष्कघात भएपछि माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा  उपचार भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार