Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राजपुर बमकाण्ड: पीडित अदालत जाने, आलमले भन्छन्- सत्यको विजय

रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।

२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए । 

Photo (4) (8).jpg

यमुनामाई गाउँपालिका–४ सरुअठाका सिंहले न्यायका लागी आफू सास रहुन्जेल लडिरहने बताए । तर पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछी सत्यको विजय भएको बताए । यसअघि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए । ०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए । 

Photo (2) (9).jpg

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएका थिए । 

Shree Narayan Sigha  1.jpg

अहिले पूर्वसांसद आलमको भने मस्तिष्कघात भएपछि माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा  उपचार भइरहेको छ ।