Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध: यातायात प्रभावित (हेर्नुहोस् तस्विरहरु)


गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको विरोधमा व्यवसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।

Photo (9) (3).jpg

शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् । 

Photo (8) (2).jpg

प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग गर्दै बैशाख अन्तिममा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी गदै राजपत्रमा प्रकाशित गरेको थियो ।

Photo (7) (2).jpg

गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । तीन सुत्रीय माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरेका छन् ।

Photo (6) (3).jpg

सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेसमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ । 

Photo (11) (1).jpg

 

Photo (4) (3).jpg

Photo (10) (2).jpg