शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नारायणीमा फसेका २२ जनाको सकुशल उद्धार, पूर्व–पश्चिम राजमार्ग ठप्प

नारायणीमा फसेका २२ जनाको सकुशल उद्धार, पूर्व–पश्चिम राजमार्ग ठप्प

जेठ १६, २०८२ शुक्रवार
जेठ १६, २०८२ शुक्रवार
  • नारायणीमा फसेका २२ जनाको सकुशल उद्धार, पूर्व–पश्चिम राजमार्ग ठप्प

    चितवनको नारायणी नदी र नवलपरासीका सडक खण्डमा विगत केही दिनदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। चितवनको भरतपुर–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने नवलपरासीको चोरमारा र दुम्कीवास क्षेत्रमा बाढीले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

    नारायणी नदीमा बाँध बनाएर गिट्टी–बालुवा संकलन गरिरहेको बेला बाँध फुट्दा २२ जना मजदुर नदीको बीच भागको टापुमा फसेका थिए। घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनबाट निरीक्षक चामनारायण महतोको नेतृत्वमा गोताखोरसहितको टोली खटिएको थियो। उद्धार टोलीले बोटको सहायताले सबै व्यक्तिहरूलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवास क्षेत्रमा बाढीले वैकल्पिक डाइभर्सन सडक बगाएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

    बाढीले तरकारी बोकेको एउटा पिकअप भ्यानसमेत बगाएको छ, जसमा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। उक्त भ्यान डाइभर्सनको बीच भागमा फसेको थियो।

    गत वैशाख २९ गते चोरमारा र पुस २६ गते दुम्कीवासको पुल भाँचिएपछि खोलामा अस्थायी डाइभर्सन बनाइएको थियो। तर हालको वर्षाले ती डाइभर्सन समेत बगाएपछि यातायात पुनः अवरुद्ध भएको हो। अहिले वैकल्पिक सडक निर्माणको काम थालिएको र सयौँ यात्रु बाटोमा अलपत्र परेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार