शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

झारफुक गर्ने भन्दै बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

झारफुक गर्ने भन्दै बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • झारफुक गर्ने  भन्दै बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

    मोरङ प्रहरीले झारफुक गर्ने बहानामा एक बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा विराटनगर–६ रामपुरका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

    पक्राउ पर्नेमा विराटनगर–६ बस्ने ३५ वर्षीय महमद साबिर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार, पीडित बालिका विगत ६ महिनादेखि डराउने, आत्तिने, बेहोस हुने जस्ता समस्याबाट ग्रसित थिइन् । सोही क्रममा महमद साबिर धामी (झाँक्री/मलबी)  भएको जानकारी पाई बिरामीको झारफुक गराउँदै आएको जाहेरवालाले बताएका छन् ।

    झाँक्रीले झारफुक नगरे ज्यान नै जान सक्ने भन्दै थप उपचारका लागि ७० हजार रुपैयाँ माग गरेको र उक्त रकम दिइएको जाहेरीमा उल्लेख छ । बालिकले २०८१ पुस १७ गते रातिको समयमा उपचार गराउँदा निको हुने भनी आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडित बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोप छ ।

    यौन दुर्व्यवहार गरेपछि कसैलाई नभन्नु भनि धम्कीपूर्ण डरत्रास देखाई प्रतिवादी फरार भएको व्यहोरासहित पीडित बालिकाले मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा झाँक्री महमद साबिरलाई विराटनगर–६ स्थित उनकै घरबाट पक्राउ गरी बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा बुधबार मुद्दा दर्ता गरिएको छ ।

    पक्राउ परेका महमद साबिरलाई अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार