Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

उनले क्यानडा पठाउने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले बताएको छ । पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा पठाइएको छ ।