Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भारतीय सेनाका २२ जना सगरमाथा शिखरमा

भारतीय सेनाका २२ जनाले सगरमाथाको शिखर चुमेका छन्।

नेपालस्थित भारतीय दूतावासका अनुसार लेफ्टिनेन्ट कर्णेल भानु पाठकको नेतृत्वमा रहेको २२ जना सम्मिलित भारतीय सेना पर्वतारोहीहरूको टोलीले मंगलबार सगरमाथाको आरोहन गरेको हो।

भारतीय सेनाले ‘उनीहरूको सफलताले भारतीय सेनाको साहसिक कार्यको भावनालाई मात्र प्रदर्शन’ मात्र नगरी ‘विश्वको सबैभन्दा चुनौतीपूर्ण भू–भागमा उत्कृष्टताको परम्परालाई पनि सुदृढ’ पारेको बताएको छ।