Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

नेपालमा सातजनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै काभ्रेका!

नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।  

चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलिएको हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।