Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

धादिङ थाक्रेमा पुलमा भ्वाङ पर्‍यो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङखोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। पुरानो पुलको भाग भ्वाङ परेपछि दुईतर्फ सवारी अवरुद्ध भएको हो।

थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले जानकारी दिए। पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।

काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै पठाइएको एसपी सुवेदीले जानकारी दिए। सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदैछ।

निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग भ्वाङ परेको आंकलन गरिएको छ।