Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीन जना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

पूर्वी नवलपरासीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान अन्दाजी ६ बजेतिर मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा लु ९ प ८११६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले जानकारी दिए।

तीन जना सवार उक्त मोटरसाइकल अम्रसाबाट चोरमारातर्फ जाँदै थियो। बाटोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीनै जना गम्भीर घाइते भएका हुन्। त्यसमध्ये दुई जनालाई चिकित्सकले अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको हो। मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो।

बर्दघाट नगरपालिका–५ घर भई चोरमारा बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते छन्। उनी टायल मार्बल सम्बन्धी मिस्त्री हुन् । उनीहरूलाई सुरूमा प्रादेशीक अस्पताल डण्डा लगिएको थियो । मनिषको थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर भएको छ। उनको बायाँ खुट्टा र भित्री चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ।