Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आफ्नै रेकर्ड तोड्दै कामीरिता शोर्पाले गरे ३१औँ पटक सगरमाथाको सफल आरोहण

कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

आज बिहान ४ बजे उनले सगरमाथा आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् ।

सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ । 

उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।