शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भूपाल बराल सचिवमा बढुवा

भूपाल बराल सचिवमा बढुवा

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • भूपाल बराल सचिवमा बढुवा

    नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराललाई बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।

    यसअघि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो ।

    महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि बढुवा समितिले उक्त विशिष्ट श्रेणीको उक्त पदका लागि बरालका साथै सहसचिवहरु डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई पनि सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्ले तीमध्ये वरीयतामा सबैभन्दा अगाडि रहेका बराललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार