Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नगर प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन्। आज (सोमबार) पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिएका छन्।

पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेको गुरागाईंले जनाएका छन्। ‘उहाँले आज स्पष्टीकरण बुझाउनु भएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।’

गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।