शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगढीका चार नगर प्रहरी पक्राउ

भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगढीका चार नगर प्रहरी पक्राउ

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा धनगढीका चार नगर प्रहरी पक्राउ

    त्रिनगर भन्सार कार्यालय, कैलालीका कार्यालय प्रमुखमाथि कुटपिट गरेको आरोपमा चार जना नगर प्रहरी पक्राउ परेका छन्।

    जेठ १० गते राति १० बजेतिर कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार कार्यालय कैलालीको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहितले कुटपिट गरेको आरोप छ।

    नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको कमाण्डमा खटी गएको टोलीले भन्सार कार्यालयभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। जेठ ११ गते लिखित जाहेरी परेपछि कुटपिटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

    पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका–१० घर भएका ५३ वर्षका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४, बोराडाँडीका ४६ वर्षीय नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, धनगढी उपमहानगरपालिका–५ का ४३ वर्षीय नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार