दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् ।
स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार राति करिब साढे ८ बजे राइन मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए ।
जनकपुरधाममा छाडा चौपायाको व्यवस्थापनामा चासो नदेखाएकाले जोखिम बढेकोमा स्थानीय सरकारको गुनासो हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्