Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ललितपुरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट सडकमा बा २ ख ३४८ नम्बरको बसले बा. ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय संजीव अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।