शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यार्सागुम्बा संकलक दुई समूहबीच झडप, सशस्त्रले गर्‍यो हवाई फायर

यार्सागुम्बा संकलक दुई समूहबीच झडप, सशस्त्रले गर्‍यो हवाई फायर

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • यार्सागुम्बा संकलक दुई समूहबीच झडप, सशस्त्रले गर्‍यो हवाई फायर

    डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको हो ।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबीच झडप भएको हो ।

    उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो । दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए ।

    स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले दुई राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार