शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दाउन्ने सडक एकतर्फी खुल्यो, कान्ति लोकपथ पनि सञ्चालनमा

दाउन्ने सडक एकतर्फी खुल्यो, कान्ति लोकपथ पनि सञ्चालनमा

जेठ १०, २०८२ शनिवार
जेठ १०, २०८२ शनिवार
  • दाउन्ने सडक एकतर्फी खुल्यो, कान्ति लोकपथ पनि सञ्चालनमा

    शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो। आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए।

    दाउन्ने सडक खण्ड केहि दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो। बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक पीच हुन बाँकी छ। निर्माणाधीन सडकका कारण सो खण्डमा वर्षा हुने बित्तिकै सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ।

    कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालन
    यस्तै वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। कान्ति लोकपथको बागमती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गए रातिदेखि कान्ति लोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार