शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

जेठ १०, २०८२ शनिवार
जेठ १०, २०८२ शनिवार
  • हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

    वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन्। हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन्।

    निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए। किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ।

    बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन्। मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन्।

    पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ।

    भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार