Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१७ वर्षको खडेरी तोड्दै टोटनहमले जित्यो युरोपा लिग उपाधि

टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षको खडेरी तोड्दै उपाधि जितेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।