शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नवनियुक्त गभर्नर भन्छन्– मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ

नवनियुक्त गभर्नर भन्छन्– मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • नवनियुक्त गभर्नर भन्छन्– मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ

    नेपाल राष्ट्र बैंकका नव नियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् । नव नियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

    गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको सूक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए । उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने ।

    पौडेलले वित्तीय क्षेत्रको स्थिरता आफ्नो प्राथमिकतामा रहने बताएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १८ औं गभर्नरमा नियुक्त गरेपछि पौडेलले राष्ट्र बैंकलाई सही दिशामा अगाडि बढाउनका लागि सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने बताएका हुन् । धेरै नियम कानून नल्याई सुपरीवेक्षणमा बढी केन्द्रित हुने उनको भनाइ छ ।

    ‘मेरो मुख्य लक्ष्य नेपाल राष्ट्र बैंकलाई सही दिशामा अघि बढाउनु हो । यसका लागि म सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउन र वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गर्न प्राथमिकता दिनेछु,’ पौडेलले भने । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट