Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रिलायन्स फाइनान्स एनपिएस र नेपाल पे कार्डमा आबद्ध

रिलायन्स फाइनान्स र एनसिएचएलबिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक तथा वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् फाइनान्सले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछ ।