Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज तोलाको कति छ सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको सोमबारझैं एक लाख ८४ हजार ८ सय रुपैयाँमै किनबेच भइरहेको हो । 

आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा थियो । त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। 

आज चाँदी तोलाको १,९४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १,९४५ रुपैयाँ थियो।