Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पग्यो?

नेपाली बजारमा आज सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ रुपैयाँले बढेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।