Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

“सुरक्षा सँगै कनेक्ट आइपीएसको साथ” लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर

कनेक्ट आइपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आइपीएसबाट लाईफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै cashback, connectIPS को साथ” अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत connectIPS बाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम रु २०,००० सम्म रकम फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिए पछी cashback, connectIPS को वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।

connectIPS को वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको connectIPS गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणाली मार्फत सबै लाईफ र केहि माइक्रो लाईफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती अत्याधिक प्रयोग हुने एक सजिलो माध्यमको रुपमा cashback, connectIPS को विस्तार हुँदै आएको छ ।

connectIPS को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, NEPALPAY QR लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।