Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने भएका छन्।

बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले यो निर्णय लिएका हुन् । तर, यो क्रिकेट वा राष्ट्रबाट टाढा रहने कदम नभएको उनले स्पष्ट पनि पारे ।

उनले भनेका छन्, “यो मेरो क्रिकेट यात्रा वा मेरो राष्ट्रप्रतिको प्रतिबद्धताबाट पछि हट्ने कदम होइन। म राष्ट्रिय टोलीको एक सदस्यको रूपमा खेल्न सधैं तयार छु र रहनेछु।”

उनले केन्द्रीय सम्झौता नवीकरण नगर्नुको कारण भने खुलाएका छैनन्।