Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आइसिसी क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा, दीपेन्द्र उपकप्तान

आइसिसी क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन्।

क्यानले दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको छ। क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए।

त्यसबेला ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसयता सन्दीप लामिछाने र रोहित टोलीको कप्तान भने पनि उपकप्तानको जिम्मेवारी कसैले पाएका थिएनन्। नेपालले आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ।

यस्तै नेपाल लिग–२ पछि हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टोलीमा समावेश गरेको छ। किरण र रुपेशले पहिलो राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख,  बसिर अहमद, नन्दन यादव, रिजन ढकाल ।