शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महिला टी–२० विश्वकप क्वालिफायरः नेपालले बहराइनलाई ९ विकेटले हरायो

महिला टी–२० विश्वकप क्वालिफायरः नेपालले बहराइनलाई ९ विकेटले हरायो

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • महिला टी–२० विश्वकप क्वालिफायरः नेपालले बहराइनलाई ९ विकेटले हरायो

    आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ ।

    थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् ।

    वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् ।

    पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार