Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला टी–२० विश्वकप क्वालिफायरः नेपालले बहराइनलाई ९ विकेटले हरायो

आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् ।

वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् ।

पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए ।