Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नक्कली नोटसहित भारतीय युवती पक्राउ

मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्कली नोट सहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । किराना पसलमा सामान किन्ने क्रममा भारत बिहार अररियाकी १९ वर्षीय सिम्पी बैसन्ति रहेकी छन ।

वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शङ्का लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोको साथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो ।

 नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।