शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमबीबीएसको सिट संख्या बढाए डा. गोविन्द केसी अनसन बस्ने

एमबीबीएसको सिट संख्या बढाए डा. गोविन्द केसी अनसन बस्ने

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • एमबीबीएसको सिट संख्या बढाए डा. गोविन्द केसी अनसन बस्ने

    चिकित्सा शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीले एमबीबीएसको सिट संख्या नबढाउन सरकारलाई आग्रह गरेका छन्। 

    भूकम्प प्रभावितको उपचार गर्न म्यानमार गएका डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै एमबीबीएसको सिट बढाउने चलखेल सुरु भए नेपाल आएर अनसन सुरु गर्ने चेतावनी दिएका छन्। एमबीबीएसको सिट संख्या एक सयबाट बढाएर १५० पुर्‍याउने समाचारप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    एमबीबीएसको सिट हालको संख्या भन्दा एक सिट नबढाउन र निजी मेडिकल कलेजको श्रम शोषणबाट पीडित आवासीय चिकित्सकहरुको माग सम्बोधन गर्न र बिगतमा भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा नेपाल फर्किएपश्चात सत्याग्रह गर्न बाध्य हुने डा. केसीको भनाइ छ ।

    चिकित्सा शिक्षा आयोगको वैशाख १५ गते बसेको १९ औँ बैठकले एमबीबीएसको सिट र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट