Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमबीबीएसको सिट संख्या बढाए डा. गोविन्द केसी अनसन बस्ने

चिकित्सा शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीले एमबीबीएसको सिट संख्या नबढाउन सरकारलाई आग्रह गरेका छन्। 

भूकम्प प्रभावितको उपचार गर्न म्यानमार गएका डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै एमबीबीएसको सिट बढाउने चलखेल सुरु भए नेपाल आएर अनसन सुरु गर्ने चेतावनी दिएका छन्। एमबीबीएसको सिट संख्या एक सयबाट बढाएर १५० पुर्‍याउने समाचारप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

एमबीबीएसको सिट हालको संख्या भन्दा एक सिट नबढाउन र निजी मेडिकल कलेजको श्रम शोषणबाट पीडित आवासीय चिकित्सकहरुको माग सम्बोधन गर्न र बिगतमा भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा नेपाल फर्किएपश्चात सत्याग्रह गर्न बाध्य हुने डा. केसीको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगको वैशाख १५ गते बसेको १९ औँ बैठकले एमबीबीएसको सिट र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेको छ ।