शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

    पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा  जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । 

    गएराति लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा  सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।     

    दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । 

    घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार