शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षक र प्रहरीबीच झडपः दर्जन बढी शिक्षक घाइते, महासंघले बोलायो आकस्मिक बैठक

शिक्षक र प्रहरीबीच झडपः दर्जन बढी शिक्षक घाइते, महासंघले बोलायो आकस्मिक बैठक

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • शिक्षक र प्रहरीबीच झडपः दर्जन बढी शिक्षक घाइते, महासंघले बोलायो आकस्मिक बैठक

    आन्दोलनरत शिक्षक र प्रहरीबीच आज आइतबार नयाँबानेश्वरमा झडप भएको छ ।  आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरीबीच झडप हो ।

    बिजुलीबजार–नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी छ । आज २६औं दिनमा शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा तनाव भएको हो ।

    प्रहरीले पानीको फोहोरा र बल प्रयोग गरेर भिड तितरवितर पार्न खोजेपछि जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । यसअघि शनिबार पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो । शिक्षकहरूको प्रदर्शनले बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ । प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताएका छन् ।

    बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ। नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।

    यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ। आन्दोलनले उग्ररूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार