शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दाउन्नेमा ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेपछि...

दाउन्नेमा ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेपछि...

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • दाउन्नेमा ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेपछि...

    पूर्वी नवलपरासीको दाउन्नेमा एउटा ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेको छ।

    आइतबार बिहान विनयीत्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर टहरामा सञ्चालित होटलभित्र छिरेको हो। पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार मार्बल बोकेको उक्त ट्रक नारायणगढबाट बुटवल जाँदै थियो।

    दाउन्नेमा ब्रेक फेल भएपछि ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेको थियो। अनियन्त्रित ट्रकले  बिनानाथ पाध्यले संचालन गरेको धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा भत्काएको छ। सँगै रहेको पवन लम्सालले संचालन गरेको होटलमा समेत आंशिक क्षति भएको डिएसपी नेपालले जानकारी दिए।

    घटनामा मानवीय क्षति भने नभएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ। ट्रकका चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट