Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

श्रीमान‍को किरिया बसेकी महिलाको मृत्यु

दाङको तुलसीपुरमा श्रीमान‍्को किरिया बसेकी एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७, मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान‍्को किरिया बसेको अवस्थामा (वैशाख १३) मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा शनिबार (वैशाख १३) बिहान अचानक बिरामी भएपछि उपचारका निम्ति राप्ती लाइफकेयर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमान‍्को निधनको छैटौँ दिनमा उनको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिइन् ।

उनको शव परीक्षणका निम्ति राप्ती प्रादेशिक अस्पतालमा राखिएको स्रोतले जनाएको छ ।