Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कश्मिर घटनाबारे पूर्वराजा भने- हिन्दूवादीमाथिको आक्रमण निन्दनीय

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्बु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आज (शनिबार) जारी समवेदना सन्देशमा उनले शोकसन्तप्त परिवार र भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु कश्मिरमा भएको आतंककारी आक्रमणमा धेरै हिन्दू तीर्थयात्रीको दुःखद निधन भएकोमा हामी अत्यन्त दुःखी छौं। एक नेपालीसहित सबै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारमा आत्मीय समवेदना’, पूर्वराजा शाहले सन्देशमा भनेका छन्।

उनले ‘वसुधैव कुटुम्बकम’ को सनातन वैदिक मान्यता विपरीत यस्ता जघन्य अपराधलाई धर्मनिषिद्ध पाप कर्म ठहर गर्दै कडा निन्दा गरे। ‘यस्ता घटनाले विश्व समुदाय र हिन्दू समुदायलाई मर्माहत बनाएको छ । यस्ता कृत्यको विश्वव्यापी भत्र्सना हुनुपर्छ’, उनले भनेका छन् ।

पूर्वराजाले यस्ता आतंककारी घटनाको निन्दा गर्न र विश्व शान्तिका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।