शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

    धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेका छन् ।

    मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र सीआईबी, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै मानसिक दबाब दिनुका साथै धाकधम्की देखाउने, र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए ।

    इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

    पक्राउ परेका मण्डललाई सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ भने थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट