शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शनिबार शिक्षक र सरकारबीच निर्णायक वार्ता

शनिबार शिक्षक र सरकारबीच निर्णायक वार्ता

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • शनिबार शिक्षक र सरकारबीच निर्णायक वार्ता

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आदोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ।मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरेर शिक्षकहरुलाई शनिबार बिहान ७ः३० बजे वार्तामा आउन आह्वान गरेका हुन् ।

    यसअघि शिक्षामन्त्री रघुजी पन्तले बोलाएको वार्ता शिक्षक महासंघको असन्तुष्टिका कारण असफल भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री ज्यूबाट आह्वान भए बमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’


    भोलिको बैठक शिक्षामन्त्रीकै उपस्थितिमा हुने बताइएको छ । मन्त्रालयले शुक्रबारको बैठक कारणवस हुन नसकेको पनि भनेको छ । वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि वार्ता असफल भएको थियो। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो ।

    शिक्षक नेता सानुभाइ कार्कीका अनुसार यसअघि मन्त्रालय प्रवेश गर्ने पास देखाए प्रवेश नदिइएको र छुट्टै पास मागेपछि शिक्षकका प्रतिनिधिहरू सिंहदरबार गेटबाटै फर्किएका थिए । मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ । शिक्षक नेता कार्कीका अनुसार शनिबार बिहानको वार्ता निर्णायक हुन सक्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट