Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो भाइरल, चार जनाको जिम्मेवारी खोसियो

सर्वसाधारणलाई बीच बाटोमै कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।

एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ। ट्राफिक प्रहरीले कागजातसमेत ती पुरूषको मुखमा फालिदिएका थिए। त्यहाँ चार जना ट्राफिक प्रहरी देखिए पनि एक जनाले कुटपिट गरेको भिडिओमा देखिन्छ।

ती चार ट्राफिक प्रहरीलाई वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।